भोइस किड्सको भोटिङ राउन्डमा अनुकुल निरौला
पिटि अनलाईन न्यूज
- २ बैशाख, २०८० १८:४६
- 113 Views

झापा।
झापा बिर्तामोड १ निबासी अनुकुल निरौला भोइस किड्स सिजन २ को भोटिङ राउन्डमा प्रबेश गरेको छन।
सेन्ट जेभियर स्कुल देउनिया झापामा 8 कक्षामा अध्ययनरत अनुकुल स्कुल को गायन प्रतिस्पर्धामा दुई पटक को बिजेता भएका थिए।
भोइस किड्सको ब्लाइन्ड राउन्डमा कोचहरुको 4 वटै कुर्सी फराकाउन सफल अनुकुलले टिम प्रमोद लाई छानेर वहाँकै टिममा गएका थिए।
बिगत ३ बर्षदेखी गुरु दिपक रायमाझी सग सरगम सङ्गितालयमा सङ्गीत सिक्दै आएका अनुकुल
झापाको स्थानीय कार्यक्रमका विभिन्न स्टेजहरुमा पनि आफ्नो प्रस्तुति दिदै आएका छन।
क्लासिकल गितहरुमा बिशेष लगाब राख्ने अनुकुल रोहिणी कुमार निरौला र कामक्षा देवि निरौलाका नाति अनुकूल बुवा चेतनाथ निरौला र आमा लक्ष्मी आचार्य को कोखबाट २०६६ माघ २ गते जन्मिएका थिए।
कक्षा ३ बाट नै सङ्गीत सिक्ने इच्छा प्रकट गरेका अनुकूल लाई उनका बुवा चेतनाथ निरौला ले समर्थन गरि सरगम सङ्गितालय बिर्तामोडमा गुरु दिपक रायमाझी सग पुर्याएका थिए।
भोइस किड्सको ब्याटल राउन्ड कोच मिलन र कोच प्रबिसा दुबैजनाको स्टिल बाट अघि बढ्ने अनुकुल एकमात्र प्रतिस्पर्धी भएका छन।कोच मिलन र कोच प्रबिसा दुबैजनाले ‘स्टिल बर्जर’ दबाए पनि उनले कोच प्रबिसा लाई रोजेर प्रबिसा टिममा गए।
भोटिङको लागि लिन्क आगामी आईतवार खोलेनी भएको छ। नलाई भोट गरि नव प्रतिभालाई साथ र सहयोग गर्न उनका अभिभावकले सम्पूर्णमा अपिल गरेका छन् ।
अनुकुल निरौला लाई आगामी दिनको सफलताको लागि धेरै शुभकामना ।