धुरीमाथि मान्द्रोभरि बिस्कुन तारा जूनका – भरत सिग्देल
रामचन्द्र तिम्सिना
- २१ चैत्र, २०७९ ०७:०५
- 96 Views

अन्तिम जितअघि मलाई हारमाला सुहाउँछ
छाती छेडी मुटु चुम्ने तिखा भाला सुहाउँछ
तिमी बस मेरै खुनले सजिएको महलभित्र
ढोकाबाहिर मेरा हातमा चाबीताला सुहाउँछ !
~~~
मुटुको भक्कानो टिपेर राख्ने गह बनाउँछु !
पीडाको परेली धोएर हाँस्ने दह बनाउँछु !!
राजनीतिक मोलतोलको बजारमा खोजी गर्दै नगर,
साहित्य वाटिका चुमेर मिठो मह बनाउँछु !!
~~~~~~
धुरीमाथि मान्द्रोभरि बिस्कुन तारा जूनका देख्छु
घरको बुइगल अटालीमा रजाइँ मुसा घुनका देख्छु
मुक्ति मिल्छ ऐँठनबाट घण्टी बज्दा ट्यार्र ट्यार्र
म्यासेन्जरमा आफ्नै ज्यानको मुटु ठुन्का ठुन्का देख्छु!
भरत सिग्देल
नुवाकोट
तपाईको प्रतिक्रिया