अब ट्रायल दिएको तिनदिनमा लाइसेन्स पाइने
रामचन्द्र तिम्सिना
- १३ चैत्र, २०७९ १८:३४
- 40 Views

काठमाडौ /
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले तीन दिनमै सवारी साधन अनुमतिपत्र (लाइसेन्स) पाउने बताएका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने गरी सरकारले काम गरिरहेको बताए। यद्यपि, त्यसका लागि आठ महिनाजति लाग्ने उनको भनाइ छ।
‘विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य सुरु भएको छ। ८ महिनापछि तीनदेखि सात दिनभित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्। मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइन्छ,’ उनले भने।
दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको मन्त्री श्रेष्ठले बताए।