इलामको चुलाचुली गाउँपालिकामा कोशी प्रदेश अंकित कागजात जलाउदै तालाबन्दी
पिटि अनलाईन न्यूज
- १२ चैत्र, २०७९ २१:५३
- 79 Views

बसन्तरा सुब्बा ,इलाम।
प्रदेश न. पुर्ण नामाङ्कन सयुक्त संघर्ष समितिले इलाम को चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरेको छ।
आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको लागि आन्दोलन गर्दै कार्यलयमा कालो झन्डा गाड्ने र कोशी प्रदेश लेखिएको महत्त्वपूर्ण ४/ ५ दर्जन फाइल , लेटरप्याड , झिकेर आन्दोलनकारी कार्यलयको प्राङ्गणमा जलाएर तालाबन्दी गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए।
आन्दोलनकारीहरुले कोशी प्रदेशका प्रस्तापक राम ब.रानाको पुत्ला दहन र तस्बिरमा थुकेका थिए भने विदुर लिङ्थेप लिम्बूको तस्वीरलाई श्राप दिने , थुक्ने जस्ता कार्यक्रम सहित गाउँ गाउमा राजनीतिक बहिष्कार गर्ने उद्घघोश गर्दै आइतबारे चोककमा कोणसभा संगै चर्को रुपमा नारावाजी गरेका थिए ।
आन्दोलनकारीहरुले वीर सहिद लाजेहाङ पदम लिम्बू लाई राष्ट्रिय सहिद घोषणा गर ,शोकाकुल परिवार लाई क्षतिपूर्ति प्रदान गर ,हाम्रो आन्दोलन जारी छ ,
कोशी प्रदेश खारेज गर लगायत नारा लगाएको थियो ।
कोसी प्रदेस नामाङ्कनको बिरोधको आन्दोलनमा परेर केहिदिन अघि लाजेहाङ पदम लिम्बूको निधन भएको थियो ।