अप्रिल २० मा भलिबल प्रतियोगिता आयोजना गर्दै नेपाली फेन्सी र नेपाली होटेल
नेत्र न्यौपाने
- ७ चैत्र, २०७९ ०९:००
- 87 Views

दम्माम,साउदी अरब।
साउदी अरबको पुर्बी क्षेत्र दम्माममा रहेको नेपाली व्यावसायिहरुको नेपाली फेन्सी पसल र नेपाली होटेलले खुल्ला पुरुष भलिबल तथा विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी अप्रिल २० तारिखमा रमादान छुट्टीको अवसरमा दम्म्मामको ९१ को अल ओजामिम क्याम्प पछाडी प्रतियोगिता आयोजना हुने आयोजक कमान घर्ती मगरले जानकारी दिए ।
खेल दर्ताको लागि साउदी रियाल ३५० लाग्ने र प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार रियाल द्वितीय पुरस्कार २५ सय रियाल तृतीय पुरस्कार १५०० साउदी रियाल र शिल्ड ,मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ। त्यसैगरि घैट्टा फुटाउने प्रतियोगिताको लागि दर्ताको लागि ३० साउदी रियाल लाग्ने बिजेताले ३०० सा रि ,छेलो फस प्रतियोगिताको लागि दर्ता ३० सा रि प्रथम २०० सा रि,द्वितीय १५० सा रि र तृतीय १०० सा री , भाले दौडको लागि दर्ता २५ सा री लाग्ने र बिजेताले २०० सा रि पुरस्कार पाउने आयोजक घर्तीमगरले बताए ।
पछिल्लो समय साउदीमा व्यावसाय गरिरहेको नेपालीहरु सामाजिक अभियान ,खेल प्रतियोगिता आयोजना गरि सामाजिक उतरदायीत्व निर्वाह गरिरहेको छ।