आज घोडेजात्रा: काठमाडौ उपत्यकामा सार्वजनिक विदा
रामचन्द्र तिम्सिना
- ७ चैत्र, २०७९ ०७:०६
- 46 Views

काठमाडौ /
काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ।
घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाउने गरिएको हो।
घोडेजात्राको अवसरमा हरेक वर्षझैँ टुँडिखेलमा आज नेपाली सेनाले अश्वकला प्रदर्शन गर्नेछ। ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।
तपाईको प्रतिक्रिया