एनआरएनए कुबेत र साउदीको पहलमा, कुबेतबाट तीर्थ माया तामाङको सकुशल उद्धार
नेत्र न्यौपाने
- ४ चैत्र, २०७९ २३:२७
- 39 Views

मध्यपुर्ब।
कुबेतमा वैदेशिक रोजगारिका लागि ५ महिना पहिला पुगेर समस्यामा परेकी काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका कि तीर्थ माया तामाङको नेपाली राजदुताबास कुबेत, गैरआबसिय नेपाली संघ साउदी र गैरआवासीय नेपाली संघ कुबेतको पहलमा सकुशल उद्घार गरिएको छ।
बिगत ५ महिना पहिला पुगेकि तामाङले आफुले काम गर्न सहज नभएको र आफुलाइ तत्काल उद्घार गरिदिन पहल गरिदिन आग्रह गरे पछि गैर आबसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कुबेतका महासचिब दिल कुमार पाख्रीन र गैर आबसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद साउदीका कोषाध्यक्ष मनिष कोइराला , उपाध्यक्ष भक्तवीर राइ तथा सदस्य नेत्र न्यौपानेको तथा सामाजिक अभियन्ता यश कुमार ज्युको पहलमा शुक्रबार सम्पुर्ण कागजात र हवाइटिकटको बन्दोबस्त गरि नेपाली पठाइएको छ।
तपाईको प्रतिक्रिया