लामो समयपछी नुवाकोटमा असिना र पानी: सुक्नै लागेको हिउँदे बालीलाई राहत
रामचन्द्र तिम्सिना
- ४ चैत्र, २०७९ १९:२३
- 24 Views

नुवाकोट /
जिल्लाको पश्चिमी भेगमा लामो समयपछी वर्षा भएको छ ।झण्डै ६/७ महिनापछी आज शनिबार वर्षा भएको हो।
मकै छर्ने बेला भैसक्दा पनि पानी नपर्दा चिन्तित बनेका किसानहरुको मुहारमा चमक आएको छ।
लामो समयसम्म पानी नपर्दा पानीका मुहानहरु सुक्नुका साथै हिउँदे बाली समेत प्रभावित बनेको थियो।
यस्तैगरी जमिन सुख्खा हुँदा सडक छेउका बासिन्दाहरुलाई धुलोको समस्याबाट पनि राहत मिलेको छ भने लामो समयको खडेरीले धुलो जन्य फोहोरबाट घाँटी दुख्ने र रुघाखोकी जस्ता समस्याहरु समेत देखिन थालेका थिए।
तपाईको प्रतिक्रिया