ॠण असुली गर्न फिल्डमा गएका बैंक कर्मचारी कुटिए
रामचन्द्र तिम्सिना
- २ चैत्र, २०७९ २०:१६
- 21 Views

काठमाडौ /
पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो।
आक्रमणमा परी एक जना घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ। कर्जा असुलीको विषयमा विवाद हुँदा उनीहरुमाथि आक्रमण भएको घटनाको प्रारम्भिक अनुसन्धानबाट देखिएको र घट्नमा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आक्रमणमा पर्ने दुवै जना व्यक्ति म्याग्दीमा रहेको एनआईसी एसिया बैंकमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया