आगामी अप्रिल २१ मा दम्माममा फुटबल प्रतियोगिता हुने
पिटि अनलाईन न्यूज
- २८ फाल्गुन, २०७९ ००:४७
- 30 Views

दम्माम ,साउदी अरब।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत नेपाली श्रमिक बीच आगामी अप्रिल २१ तारिखबाट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
साउदी अरबको पुर्बी क्षेत्र दम्माममा सक्रिय रहेको दम्माम भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।
क्लबले शुक्रबार अलहासा गोल्डकपमा उप बिजेता भएको अबसरमा आयोजित खेलाडी तथा अफिसियल सम्मान तथा बनभोज कार्यक्रममा क्लबका अध्यक्ष रोशन श्रेष्ठले प्रतियोगिताको घोषणा गरेका हुन् ।
क्लबले आगामी रमादान इदको छुटीमा साउदीको पुर्बी क्षेत्र दम्माममा साउदी रियाल ५ हजार रियाल ( ने रु १ लाख ७५ हजार) बराबरको प्रथम पुरस्कर रहेको प्रतियोगिता आयोजना हुने र प्रतियोगिता बारे चाडै नै अफिसियल घोषणा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। क्लबले आयोजना गरेको खेलाडी तथा अफिसियल सम्मान कार्यक्रममा अलहासा गोल्डकपमा सहभागी खेलाडी तथा अफिसियललाई सम्मान गरिएको थियो भने क्लबको अफिसियल जर्सी समेत सार्वजनिक गरिएको थियोे। उक्त कार्यक्रममा फुटबल सम्बन्धि ब्यक्तित्वहरु लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।