चुनाव क्याम्पसमा गर्ने कि कन्सलटेन्सीमा ??
नेत्र न्यौपाने
- २४ फाल्गुन, २०७९ २३:२४
- 264 Views

अशोक दुलाल ।पाटन संयुक्त क्याम्पस , ललितपुर
देश र जनता लाई पटकपटक निर्वाचन लागिरहदा विद्यार्थी को नेतृत्व गर्ने साझा सस्था स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन लगभग १५ बर्ष पछि सवै क्याम्पस मा हुदै छ । त्रिभुवन बिश्वबिद्धालय ले चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको हुँदा देशैभर उम्मेद्बारी र घोषणापत्र तछाडमछाड हुदैछन।
प्रिय परिवर्तनकारी साथीहरू ,
यो गफ सुन्ने र भाषण गर्ने समय होइन ,यो त नेतृत्व लिने र बदल्ने जमाना हो। यो परिवर्तन को हुटहुटी सङ्गै सर्बाङ्गिण बिकास को आगो ओकल्ने युग हो। सयौं विद्यार्थी जम्मा गरेर भाषण सुनाउनु भन्दा सय जना विद्यार्थी लाई आ आफ्नो क्षमता र सीप अनुसार बिकास मा सहभागिता गराउनु आजको अपरिहार्य हो। बिद्यार्थी सङ्ग form मागेर भरिदिने हात भन्दा विद्यार्थी लाई पहुँच र प्रबिधि सङ्ग जोड्न सक्ने दिमाग अनि system बनाउन लाग्नुपर्छ ।।
निर्वाचन हो, सबै सहभागीले विजयको झण्डा गाड्न पाउदैनन् ।
आफू अनुकूल समुह र सर्कल को नेतृत्व गर्दै विद्यार्थी का सपना र समस्या को भारी बोकेर अगाडि बढेको हाम्रो Team विजयको नजिक छ , मात्र तपाईंको अपार बिश्वास र भरोसा लाई मत मा बदल्ने अपुर्ण सहयोग चाहिएको छ । हामी लाई बिश्वास अनि भरोसा छ , तपाईं हामी लाई विद्यार्थी आन्दोलन को नेतृत्व सङ्गै विद्यार्थी समस्या को कुल्ली बनाउन भरपुर साथ दिनुहुन्छ ।
हामी गफ होइन काम गर्न चाहन्छौ। दिनानुदिन बढिरहेको युवा जनशक्ति तथा देशको पसिना को बिक्री बिदेश मा रोक्न चाहन्छौं । आज बिश्वबिद्धालय भ्रष्टाचार र बेरोजगार को अखडा बनिरहेको छ । आफ्ना Assignment समयमा बुझाउन नसक्ने हरु क्याम्पस बनाउन २०-२५ दिनको समय मागिरहेका छन् ।
बिकास र system बसाल्ने कुरा रातारात कयपलट हुने चिज होइनन् , यसलाई सर्वप्रथम नितिगत सुधार र शुन्य सहनशीलता चाहिन्छ ।मुख्य कुरा आजको युवा युवती के सोच्छन भन्ने कुरा हो, एउटा खुट्टा सरकारी क्याम्पस तिर अनि अर्को खुट्टा Consultancy तिर राखेर अगाडि बढ्ने युवालाई पलायन बाट रोकेर सिपमुलक शिक्षा सहित रोजगारी सहितको जिम्मेवार भविष्य दिनु आजको पुस्ता को जिम्मेवारी हो।
निर्वाचन नै लोकतान्त्रिक ब्यबस्था को उच्चतम अभ्यास हो। जनता ले आफ्नो नेतृत्व आफै ले छान्न पाउने समयमा आफ्नो समस्या बोकेर हिड्न अनि समाधान गर्न सक्ने नेतृत्व छान्नुपर्ने चुनौती पनि छ । तपाईं देश का सबै भूगोल , समाज ,रितिरिवाज,धर्म सस्कृती अनि पहिचान बोकेर बिश्वबिद्धालय परिसर मा परिवर्तन रुपि कलम भिर्दै सिङ्गो देश र समुदाय को मुहार फेर्ने स्वर्णिम सपना फुलाउने सबै सबै प्रती निर्वाचन मा विवेक र इमानदारी प्रस्तुत गर्न सादर अनुरोध सहित यो लेखक परिवर्तन को जग मा तपाईंले थप्नु भएको एक इट्टा आगामी शान्तिपूर्ण विद्यार्थी आन्दोलन को झिल्को बन्ने बिश्वास दिलाउन चाहन्छ।
(लेखक: अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु उमेरद्वार हुन)