नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा नुवाकोटका श्रेष्ठ निर्वाचित
पिटि अनलाईन न्यूज
- ११ फाल्गुन, २०७९ ११:०४
- 60 Views

नुवाकोट।
विराटनगरमा सम्पन्न नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नुवाकोटका युवा कमल श्रेष्ठ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
खेलकुद ,सामाजिक अभियान र एमाले राजनीतिमा सक्रिय बिदुर -८,बगुवाका युवा श्रेष्ठ केन्द्रिय सदस्यमा निर्वाचित भएको हो।
सदस्यमा निर्वाचित भएपछि श्रेष्ठले भने-
मलाई केन्द्रिय कमिटी जस्तो गरिमामय पदमा बिजय गराउन सहयोग गर्नुहुने अग्रज,सहयोद्धा साथीहरु,विभिन्न कमिटीमा रहनुहुने कमरेडहरुमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु।
महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन् ।सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन। फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुगो लगाइने भएको छ ।
बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारीमा छन् । बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परी निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।
महाधिवेशनले अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ । टुंगिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।