धोखेबाज गायिका एलिना चौहानले नुवाकोटमा तहल्का मच्चाईन
पिटि अनलाईन न्यूज
- १० फाल्गुन, २०७९ ०९:४६
- 240 Views

नुवाकोट।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ गतेदेखि निरन्तर चलिरहेको ७ औं नुवाकोट महोत्वसमा हिजो सर्वाधिक लोकप्रिय गायिका एलिना चौहानले “धोखेबाज हौ तिमि बोलको” गित लगायतका अन्य लोकप्रिय गित प्रस्तुतिले स्टेजमा आगो बालिन्, अन्य जिल्लाको महोत्वसहरुमा जस्तै देखियो नुवाकोटमा पनि क्रेज।
झापा जिल्लामा जन्मिएकी गायिका एलिना चौहान महोत्सवको १२ औं दिनमा नुवाकोट जिल्लामा पहिलोपटक आगमन गरेकी थिइन्, उनले “तिम्रै माया लाग्छ बरि लै, के माया लाग्छ र, छुनु मुनु हौ, मिनरल वाटर,गोदावरी बनैमा, टुङनाको धुनमा, सायद तिम्रो बाटोमा, मायाले बोलायो, ओखल ढिकीमा जस्ता थुप्रै चर्चित गीत प्रस्तुतिले कार्यक्रमको माहोल निकै गर्माएको थियो भने उनि संगै उनका फ्यान शुभचिन्तक दर्शकहरुले पनि गित गायका थिए । हजारौं दर्शकहरुको क्रेजलाई थेग्न, सुरक्षा दिन सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परे, उनले करिब १ घण्टा जति निरन्तर आफ्नो प्रस्तुति दिएकी थिईन।
डा: राम शरण महतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हिजो २१५० औं ग्याल्पो ल्होसारको सार्वजनिक बिदाले परेकोले सम्भवत: तुलनात्मक रुपमा अन्य दिनहरुमा भन्दा दर्शक स्रोताहरुको भिड अत्यधिक रहेको थियो। आमन्त्रित अतिथि कलाकारहरुमा चर्चित बाल गायिका कमला घिमिरे, मेन्दोमाय गित संगीतको (किङ) सागर एस वाईबा, गायक दामोदर खतिवडा, स्थानीय कलाकारहरु, उत्तम पाठक, श्रीकृष्ण थापा, अर्चना स्याङतान, एलिना गुरुङ, लगायतका अन्य चर्चित स्थानीय कलाकारहरुको गायन र नृत्य दुवै विधाको धमाकेदार प्रस्तुतिले दर्शकको हुटिङले धुलो उडाए ।नुवाकोट रेडियो चिम्टेस्वरका संचालक राकेश ढंगोल र कलाकार एवं कुशल प्रस्तोता शोभा त्रिपाठि ले संयुक्त रुपमा सौहार्दपूर्ण वातावरणमा कार्यक्रम संचालन गरेका थिए ।
“धार्मिक ऎतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन “ गर्ने मुख्य उदेश्यले जिल्लाको विदुर न.पा. ५ पिपलटार स्थित नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित मेला आज समापन हुने आयोजकले बताए ।
कार्यक्रममा स्थानीय कलाकारहरुले मौलिक लोक भाकामा लाइभ दोहोरी समेत प्रस्तुत गरेका थिए ।