नेपाली दूतावास रियादमा राष्ट्रिय प्रजातान्त्र दिवस भव्य रुपमा मनाईयो ।
पिटि अनलाइन न्यूज
- ८ फाल्गुन, २०७९ १३:१९
- 55 Views

रियाद,
साउदी अरबको राजधानी रियाद स्थित नेपाली दुतावास रियादका प्राङ्गणमा ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाईएको छ ।
जंग बहादुरको सुरुवात संगै उदय भएको १०४ बर्ष जहानिय शासन अन्त्य भएको खुसियालीमा उक्त प्रजातन्त्र दिवस मनाईएको हो ।
कार्यक्रम नेपालको राष्ट्रिय गान र साउदी अरबको राष्ट्रिय गान संगै सुचारु गरिएको थियो भने देशको लागि योगदान दिने क्रममा विभिन्न काल खण्डमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गर्नु भएको थियो।
शुभकामना तथा मन्तव्य राख्ने क्रममा साउदी अरबका लागि नेपाली महामहिम राजदुत नवराज सुवेदीले २००७ साल देखि २०१५ साल सम्म राजाहरुले दलहरुलाई के कसरी कम्जोर बनाउने भनेर लागि परेका कारण फेरी ३० बर्ष लड्न परेको बताउदै कांग्रेस र कमिनिष्ट हरु समन्वय हुदै गएको स्मरण गराउदै लोकतन्त्र र प्रजातन्त्र समय सापेक्ष हुने बताए । साथै समानुपातिक र समावेसी पनि रहेकाले नेपालको लोक तन्त्र अरु रष्ट्रको तुलनमा धेरै राम्रो रहेको बताए ।
दक्षिण एसियामा आर्थिक मन्दी लागेको छ । उत्पादन कम भयो,मौसम परिवर्तन भयो,युक्रेन र रुस बिच युद्धा चल्यो,ईन्दनको मूल्य बढ्यो,डलरको भाउ बढ्यो,युवाहरु बिदेशी पलायन भयो, नेपाल दुई ढुंगाको बिचमा तरुल भयो । नेपाल जस्तो मुलुकको अर्थतन्त्र रेमिटेन्सले गर्दा अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ नवराज सुवेदीले भने-
कोरिया,सिंगापुर,मलेसियाहरुले छोटो समयमा फड्को पारेको कुरा स्मरण गराउदै अब नेपालमा पनि प्रवासमा रहेको सबै नेपाली नेपाल फर्केर योगदान दिनु पर्ने वातावरण देशले सिर्जना गर्ने समय आएको र आवस्यक रहेको बताए । साथै नेपाली राजनीतिमा अबको दिनमा कुनै पार्टीको बहुमत आउने सम्भावना नरहेको भन्दै अब मिलिजुली सरकार चलाउने व्यवस्था लाई व्यवस्थित बनाउनु पर्ने बताए ।
साउदी अरबको तुलनामा नेपाल खुल्ला समाज रहेकाले साउदी अरबमा श्रम गर्नको लागि आउने नेपालीहरुमा आउने समस्या साउदी अरब आइसके पछी मात्रै नभई नेपाल देखि नै समस्या सिर्जना हुने र त्यहि समस्या आउदा लिएर आउने भएकाले धेरै समस्या नेपालमा नै रहेको बताए । व्यवसायी,राजनीति दलका नेता,प्रहारी,ईमिग्रेशन सबैको कमि कमजोरीले गर्दा पनि समस्या सिर्जना हुने गरेको पनि बताए ।
अन्तरास्ट्रिय रोल्पाली समाज उमन घर्ति मगर,आदिवासी जनजाती मह संघका प्रवास साउदी अध्यक्ष खेम गुरुङ, अन्नपूर्ण पोस्ट दैनिक बिष्णु घिमिरे,साउदी अरब नेपाली एकता समाज अरबका अध्यक्ष खुबेराम भन्डारी , प्रवासी नेपाली एकता समाज अध्यक्ष कुबेर हुमागाई,नेपाली जनप्रगतिशिल मंच साउदी अरबका सल्लाहकार कमल शाही निर्मल,प्रवासी नेपाली मंच साउदी अरबका अध्यक्ष अमर श्रेष्ठ,जन सम्पर्क साउदी अरबका सभापति अर्जुन थापा,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबका अध्यक्ष डम्बर यादब,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति उपाध्यक्ष यस्मीन बेगम सयदले शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा अवस्था होइन व्यवस्थ परिवर्तन हुनु पर्ने र देशको लागि योगदान दिने क्रममा आहुती दिने ज्ञात अज्ञात शहिदहरु प्रति श्रदासुमन अर्पण गर्दै घाइते तथा बेपत्ता परिवारमा पनि नेपाल सरकारले बेवास्ता गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण समेत गराउनु भएको थियो । साथै ७३ औं रास्ट्रिय प्रजातन्त्र दिवस बनाउदै गर्दै नेपालमा साचिकै प्रजाहरुको जीवन स्तर सुधार नभएको भन्दै नेपालको राजनीतिक दलहरुले उक्त कुरालाई मनन गरेर लैजानु पर्ने समेत बताए ।
पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा अन्तरक्रिया गरि २ चरणमा विभाजन गरि कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम प्रथम सचिव ऋषिआज आचार्यले संचालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा साउदी अरबका विभिन्न शहरहरु रियाद,दम्माम,अल-खोबर,अल-कासिम-हायल-अल-खर्ज लगायतका सहरहरु बाट गैर आवासिया नेपाल संघ अनि साउदी अरबमा रहेका नेपाली संघ संस्थाका पदाधिकारीहरुको बाग्लो उपस्थित रहेको थियो ।