देउडिमा आयोजित ल्होछार कार्यक्रम बृहतरुपमा सम्पन्न
पिटि अनलाईन न्यूज
- २३ माघ, २०७९ ०९:०५
- 72 Views

नुवाकोट ।
विशेषत: केहि वर्ष अघि सम्म टुंडिखेलमा मात्रै उत्सवको रुपमा सिमित मनाउने गरेको तामाङ समुदायको राष्ट्रिय पर्व अहिले गाउँ, टोलटोलमा, घरमै मनाउने चलन रहि आएकोछ।
यसै क्रममा “आफ्नो ठाउँ आफै बनाऔं, २८५९ औं (ह्योयी ल्हो) सोनाम ल्होछार भब्य सफ़ल पारौं, नेपालको सबै धार्मिक चाड पर्व कला संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ बागेश्वरी प्रगतिशील युवा क्लब बिदुर १३ द्वारा क्लबको “सहयोगार्थ” प्रथम आयोजित वडा स्तरीय २८५९ औं (ह्योयी-ल्हो) सोनाम ल्होछार कार्यक्रम विभिन्न सांस्कृतिक बेजोड प्रस्तुतिका बीच उत्साहजनक वातावरणमा मनाएको छ।
माघ २१ गते शनिबारको दिन वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा नेका.के.स.तथा बा.प्र.संसदीय दलका नेता माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा, जि.स.स. उप प्रमुख दल बहादुर तामाङ, जगत बहादुर तामाङ, राम चन्द्र काफ्ले, जुनु काफ्ले, भरत बहादुर तामाङ, हर्क बहादुर तामाङ, जेष्ठ नागरिक कुलमान सिं तामाङ लगायतको विशेष आतिथ्यमा साथै अतिथिहरुमा जितेन तामाङ, जगत वाइबा, गणेशमान तामाङ, बिजय गुरुङ, सुप्पल गुरुङ, बिराज तामाङ, शिव बहादुर खडका, ईश्वर सिं ठकुरी,श्रीराम तामाङ, राजु तामाङ, रोहित गुरुङ साथै विभिन्न बिद्यालयका प्र.अ. सुरक्षा निकाय, मिडियाकर्मी लगायत अन्य सामाजिक व्यक्तिहरु, दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो।
अघिल्लो दिन नै ग्राउन्डमा धर्ज्यु/लुङदर (झन्डा) गाडेर लामाहरुद्वारा विधिवत साङ सेरङेम, रप्ने पुजापाठ गरी सकेको थियो भने भोलिपल्ट पुनः लामा गुरुहरुले कार्यक्रममा कुनै अनिष्ट, अप्रिय,अशुभ नहोस भनि सुख शान्तिको लागि मोनलम मन्त्र बाचन गरे पश्चात् क्लबका सचीव तथा मूल समारोहका संयोजक डिबि तामाङले स्वागत मन्तव्यद्वार अतिथिहरुको स्वागत सत्कार गर्दै औपचारिकता लिएको कार्यक्रम कुशल प्रस्तोता शक्ति माया तामाङ र रामेश्वर तामाङले कार्यक्रम संचालन गरेका थिए।
नेपाली राष्ट्रिय गान, तामाङ भाषामा राष्ट्रिय गान श्रवण गरी सभापति, प्रमुख अतिथि,अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी औपचारिकता लिएको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा ख्यातिप्राप्त अतिथि कलाकारहरु, राम चन्द्र काफ्ले, जुनु काफ्ले,शैलाप तामाङ, रुपा एस घले,सोवी लामा, आर बि. लामा,विश्व पासा तामाङ, शैलेस शाही,एलिना तामाङ,विन्दास वाइबा, सुनिता तामाङ, राज डिम्डुङ तामाङ लगायतका अन्य स्थानीय कलाकारहरुको गायन नृत्य प्रस्तुतीले मंचको माहोल तताएका थिए भने,त्यसैगरी विधार्थी भाईबहिनीहरुको बेजोडको नृत्य प्रस्तुति,कल्लाबारी डोजोका खेलाडीहरुले विभिन्न कलात्मक खेल प्रदर्शन गरेका थिए।
प्रमुख अतिथि बहादुर सिं लामा ले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो किसिमको सांस्कृतिक कार्यक्रम आयोजना गर्नाले यसको महत्व र संस्कृतिको जगेर्ना हुनुको साथै समाजमा समावेसीता, एक रुपता भावनात्मक सम्बन्ध अझै प्रगाड हुने बताउदै भर्खरै स्थापित क्लबले गरेका सामाजिक कार्यको खुलेर तारिफ गर्नुका साथै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता गरे।
क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रेम कुमार तामाङले निमन्त्रणालाई सहर्ष स्विकार्दै कार्यक्रममा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन अन्तिम सम्म समय दिएर साथ दिएकोमा प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरु, सहयोगी दाताहरु, स्वयंसेवकहरु, र विभिन्न तवरले साथ सहयोग गरी कार्यक्रम भब्य सफल भएको भन्दै आगामी कार्यक्रम हरु आयोजना गर्न प्रेरित गराएकोले सबै प्रति बिशेष धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रम संयोजक डिबि तामाङले आमन्त्रित प्रमुख अतिथी,बिशिष्ट अतिथि, धार्मिक लामा गुरु, बोन्बो झाग्री, समाजका अग्रज बुद्धिजीवी, व्यवसायी, अतिथी कलाकार, स्थानीय कलाकार, अतिथिहरु,सुरक्षा निकाय,पत्रकार,स्वयंसेवक, डोजोका प्रशिशक गणेश तामाङ साथै खेलाडी भाई बहिनिहरु, विभिन्न स्थानीय बिद्यालयहरुबाट प्रतिनिधित्व गर्दै पार्टी सिपेन्ट भएका (वि. प्र.अ) तथा शिक्षक/शिक्षिका कलाकारहरु, आयोजकका टिम, होटल व्यवसायी, बट्टार TRS events साउण्ड सिस्टम परिवार,सुभम डिजिटल प्रीन्ट बिदुर बिदुर १३ वडा कार्यालय परिवार, लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण साधरण महानुभावहरू, प्रायोजक, सहयोगी दाताहरु, हरेक तह-तप्काबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मैत्रीपुर्ण सद्भाव प्रगाढ समन्वय महत्त्वपूर्ण सहकार्य तथा हौसलापूर्ण सुझाव, साथ, सामाजिक कार्यमा ऎतिहासिकमूलक हातोमालो गरेकोमा थप उर्ज मिलेको बताउँदै ब्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गरेका छन्।
उक्त कार्यक्रममा जेष्ठ नागरिक, जग्गा दान गर्ने दाताहरु, अवकाश प्राप्त शिक्षकहरु, समाज सेवी व्यक्तिहरु लाई समेत सम्मान गरिएको थियो। समयको अभावले गर्दा सम्मान गर्न छुटेका व्यक्तित्वहरुलाई आयोजकले समिक्षा बैठकमा निमन्त्रणा गरी पुनः सम्मान गरिने तयारी रहेको आयोजकले बताए।