वर्तमान सरकारका प्रधानमन्त्री केपि ओलि नै हुन – चित्रबहादुर केसि
रामचन्द्र तिम्सिना
- २२ माघ, २०७९ १७:३२
- 26 Views

काठमाडौ /
वर्तमान सरकारको प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुन। यो भनाई राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको हो।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले ओलीका सबै भनाइहरू सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए। उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।
उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरूलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए।
सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँसु बगाएको भन्दै व्यङ्ग्य समेत गरे।
तपाईको प्रतिक्रिया