बाराको कोहल्विमा सोनाम ल्होछार भब्यता साथ मनायो ।
पिटि अनलाईन न्यूज
- २२ माघ, २०७९ ११:२२
- 39 Views

योगेन्द्र तामाङ ,बारा। जिल्लाको कोहल्वि नगरपालिका वडा नं २ स्थित पुरानो काटामा “तामाङ संस्कृति,पहिचानको संरक्षण, जातीय परम्परा र प्रवर्द्धनको अभियान”भन्ने मुल नाराको साथ मञ्जुश्री सम्बत २८५९ (ह्योइ ल्हो विरालो ) वर्षको शुभ अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराद्वारा सोनाम ल्होछार शुभकामना आदान-प्रदान तथा राष्ट्रिय कलाकारको साथमा संस्कृति कार्यक्रम सम्पन्न भएको छ।
निजगढ नगरपालिका वडा १३ का वडा अध्यक्ष तथा सोनाम ल्होछार कार्यक्रमको सभापति सुर्य घलान तामाङको सभापतित्वमा औपचारिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ संघीय घेदुङका वरिष्ठ उपाध्यक्ष तथा आदिवासी जनजाती महासंघ केन्द्रिय उपमहासचिव राम कृष्ण ब्लोन तामाङ रहेको थियो ।
प्रमुख अतिथि तामाङले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा हामि जनजातिहरु मध्येमा तामाङ समुदायहरु माथी विभिन्न कालखण्डको इतिहास देखि नै बिभेदपुर्ण कार्यहरू राज्यको तह र तप्कामा रहेको शासकहरुले गर्दै आइरहेको बताए । राज्यले हरेक बाहानामा तामाङहरुलाई शोषण उत्पीडनमा पारिएको इतिहासहरु स्पष्ट रूपमा पाउन सकिन्छ । २०६२/६३ को नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले ल्याएको संविधानमा लेखिएको अधिकारहरु अझै पनि राज्यले कार्यन्वन नगरेको बताए । आदिवासी जनजातीको हक हित अधिकार र धर्म संस्कृति भाषा लिपिको लागि अझै संघर्ष जारि राख्नु पर्ने बताएको छ।
हामि आदिवासी जनजाति सोझो इमान्दार भएकोले राज्यले नपत्याएको हो हामि इमान्दार सोझा छौ ,राज्यले त्यसैले हामीबाट फाइदा लिरहेको छ । अब हामीले औला बङ्गाउने दिनहरु आएको छ । सोनाम ल्होछार टुडिखेलको मैदानमा मात्र सिमित हैन अब सिहदरसम्म पुग्ने लक्ष रहेको जनाए ।राजनितिक रुपमा हाम्रो ल्होछार चलिरहेको छ । जसरी हिन्दु धर्मावलम्बीहरुको दशै बिदा दिन्छ हाम्रो पनि राष्ट्रिय रुपमा ल्होछार पर्ब क्यालेन्डरमा नआए सम्म ल्होछार घर भित्र पस्न सकेको छैन । जब सम्म क्यालेन्डरमा सम्मान रूपमा राष्ट्रिय पर्बको रुपमा आउदैन तब सम्म आन्दोलनको भरमा सोनाम ल्होछार मनाउनु पर्ने तामाङले भने
विशेष अतिथि मधेस प्रदेश सभाको सदस्य मिना लामा,युवा घेदुङ संघीय अध्यक्ष विलाम मोक्तान तामाङ, मधेस प्रदेशका घेदुङ अध्यक्ष यम लाल गोले,कुहल्ली नगरपालिकाका मेयर राम प्रसाद चौधरी ,जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजेन पौडेल, निजगढ नगरपालिकाका मेयर सरथ पुरी, उपमेयर सोम माया थिङ तामाङ लगायतका अतिथिहरुको उपस्थित रहेको थियो ।
तामाङ सेलो तथा नेपाली लोक गायक रोज मोक्तानले तामाङ सेलो गित गाएर भरपुर मनोरञ्जन गराएको थियो । सेलो गायक प्रकाश तामाङ, गायिका विमला थिङ र गायक साम्तेन मोक्तानको प्रस्तुति रहेको थियो। भब्य रूपमा साँस्कृतिक कार्यक्रम पनि भएको थियो । सभापति सुर्य घालन तामाङले ल्होछारको शुभकामना दिदै कार्यक्रमको विसर्जन गरेको थियो ।