रचना रिमाल र रमेश खड्काले लिएर आए ‘ऐंसेलु दाना’
- रामचन्द्र तिम्सिना
- २८ पुष, २०७९ १७:३०
- 242 Views
काठमाडौ /
नया पुस्ताकी चर्चित गायिका रचना रिमाल र संगितकार तथा गायक रमेश खडकाको लोक आधुनिक गित बजारमा आए संगै संगितको क्षेत्रमा अर्को एउटा नयाँ गित थपिएको छ।
तिन दशक भन्दा बढी नेपाली सांगितीक क्षेत्रमा अनुभव भएका संगितकार खड्काले थुप्रै नेपाली फिल्म तथा आधुनिक गीत र प्रगतिशिल गितहरू गरी झन्डै सात सय गीतहरूमा संगित भरेका छन् भने केही गीतहरूमा आवाज पनि भरेका छन्।
नेपाली फिल्म लिला,जन्मभूमि,मापासे, रक्तिम क्रान्ति,प्रयास, डेस्टेनेसन काठमान्डौ, लगायत दर्जनौ फिल्मका गीतमा संगित भरेका खड्काको लिलाको ‘ढाकाकै चोली,र चलचित्र जन्मभूमिको बाजो जोतौ भन्ने गित हिट गितहरू हुन। भने दर्जनौ आधुनिक गीतहरूमा पनि संगित गरेका खड्काको हालसालै बजारमा ऐँसेलु दाना बोलको गित आएको छ उनि आफै र गायिका रचना रिमालको आवाजमा सजिएको छ ।
आकर्षण मुभिजको युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गितको शब्द शिवशरण खड्काको रहेकोे छ भने मीठो संगित रमेश खड्का आफैले दिएका छन्।