चर्चित गायक राजु लामा कतार आउँदै
- पिटि अनलाईन न्यूज
- २४ पुष, २०७९ ०६:५५
- 510 Views
दोहा,कतार ।
मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक तथा “द भोइस अफ नेपाल” सिजन ४ को विजेता करण राईको” टिमको कोच समेत रहेका राजु लामा लामो समय पछि कन्सर्टका लागी कतार आउँदै छन्। लामा मन्जुश्री संवत् २८५९ औं (ह्योयी ल्हो,तावर अर्थात बिरालो वर्गको सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारद्वारा आयोजित “ल्होछार कन्सर्ट २०२३” लाई सफलता पार्नका लागी आउन लागेका हुन।
कार्यक्रमका लागी राजु लामासंगै इन्द्रेणी कार्यक्रमको चर्चित लोकदोहोरी तथा म्हेन्दोमाया गायिका मनमाया वाईबा साथै तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ आउने भएका छन ।
दोहाको ओसिस बिच क्लबमा हुने कार्यक्रम नेपाल तामाङ धेदुङको केन्द्रिय कार्यालय भवन निर्माणको सहायोगार्थमा गर्न लागिएको हो। करिब १५०० जनाको सिट क्षमता रहेको हलमा आन्तरिक सुरक्षाको समेत उच्च व्यबस्था रहेको आयोजकले बताएको छ । हल बाहिर क्यट्रिङको समेत राम्रो ब्यबस्था रहने संस्थाका अध्यक्ष इन्द्र बहादुर तामाङले जानकारी गराए ।
कमर्सियलको साथै सहयोगको लागी गरिने कार्यक्रमको १००,१७५ र ५०० कतारी रियाल गरि फरक श्रेणीका टिकट शुल्क निर्धारण गरिएको छ । ५०० कतारी रियालको टिकट विशिष्ट श्रेणीको फ्यामिली टिकटमा एउटै परिवारका चार जना सदस्यहरुले प्रवेश पाउने छन । त्यस्तै १७५ को टिकट कपल, साथीहरु पुरुष, पुरुष, महिला महिला जो कोहिले लिन सक्ने छन भने १०० रियलको टिकट साधारण तर्फको रहेको छन भने महिलाको लागि ७० रियाल तोकिएको छ।
कार्यक्रम बारे जानकारी गराउन तामाङ
कतार धेदुङले हालै पत्रकार सम्मेलन समेत गरेको थियो। पत्रकार सम्मेलनमा पत्रकारहरुको अलवा जनसम्पर्क समिती कतार उपसभापति ठाकुर परियार, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभात त्रिपाठि, जनप्रगतीशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष चानक पोखरेल, संघीय लिम्बूवान कि अध्यक्ष रेखा राईको बिशेष उपस्थिती रहेको थियो ।
दोहाको रोयल रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता तामाङ घेदुङका अध्यक्ष इन्द्र बहादुर तामाङले गरेका थिए भने कार्यक्रम सचिव बिकास तामाङले संचालन गरेक थिए ।