साउदीमा किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति रियाद गठन
नेत्र न्यौपाने
- ९ पुष, २०७९ १५:३९
- 188 Views

रियाद,साउदी अरब।
किरात राई यायोक्खाको प्रवास समिति साउदी अरबको राजधानी शहर रियादमा बिज्ञान राई अध्यक्षतामा क्षेत्रीय कार्य समिति रियाद गठन भएको छ।
“कला लिपि संस्कृति हाम्रो पहिचान ! किराँत मुन्धुम इतिहास खोज्ने हाम्रो अभियान !! भन्ने मुल नारालाई आत्मासाथ गर्दै किराँत राई यायोक्खा प्रवास शाखा तदर्थ समिति रियाद र याक्थुङ चुम्लुङ समाज साउदी अरबको संयुक्त आयोजनामा किराँती हरुको मुख्य चाड उँधौली साकेला तथा चासोक तङनाम येलेदोङ / येले तङ्वे ५०८२ को सु-अवसर पारेर मिति २०२२ डिसेम्बर १६ का दिन शुभकामना आदान प्रदान तथा साकेला नृत्य /च्याब्रुङ-केलाङ्ग नृत्य साथै बृहत सांस्कृतिक कार्यक्रम संगै किराँत राई यायोक्खा तदर्थ समिति रियाद लाई पुर्णता दिदै किरात राई यायोक्खा क्षेत्रीय कार्यसमितिको उदघाटन समारोह सम्पन्न गरि तदर्थ समितिले उक्त मितिबाट पुर्णता पाई दोश्रो क्षेत्रीय कार्यसमिति गठन भएको छ र पहिलो क्षेत्रीय कार्यसमिति जेद्दा रहेको र उक्त क्षेत्रीय कार्यसमितिको गठन २०१९ मा भएको किराया साउदीका अध्यक्ष सिके चाम्लिङ राईले जानकारी दिए I
नव गठित किरात राई यायोक्खा क्षेत्रीय कार्यसमितिको पदाधिकारीहरूलाई किराँत राई यायोक्खा प्रवास शाखा केन्द्रीय कार्य समितिको साउदी अरबका अध्यक्ष राईले सफत ग्रहण गराएको थियोे ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत महामहिम .नवराज सुवेदीले नव गठित कार्यसमितिलाई दोसल्ला ओढाई शुभकामनासमेत दिनुभएको थियो भने नेफिन साउदी अरबका महासचिब रोशन श्रेष्ठ लगाएत विभिन्न बैचारिक,जातिय,क्षेत्रीय संगठनका प्रवास शाखाका प्रमुख साथै सामाजिक अभियान्ता,संस्कृतिक अभियान्ताहरुले बिदेशमा आफ्नो कर्म गर्दै मौलिक कला संस्कार र संस्कृतिलाई यसरी बृहत रुपमा आयोजना गरि मौलिक कला संस्कार र संस्कृतिलाई प्रवर्दन र प्रचार गर्दै सांस्कृतिक संस्कार को संदेश प्रवाह गरेकोमा संयुक्त आयोजक संस्थाहरु किरात राई यायोक्खा र याक्थुम चुम्लुङ्ग समाज लाई हार्दिक बधाई दिनु भएको थियो।नव गगठित किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति को विवरण यसप्रकार रहेको छ ।
अध्यक्ष = बिज्ञान राई
उपाध्यक्ष = राम कुमार राई
सचिव = जहान सिङ राई
सहसचिव = मनिश राई
कोषाध्यक्ष = पवित्र राई
सदस्य = राम माया राई
सदस्य = किशोर चाम्लिङ राई
सदस्य = किरण राई
सदस्य = दिक्पाल राई
सदस्य = सुबाश राई
सदस्य = दिपेश राई
प्रमुख सल्लाहकार = सुजन शेर राई
सल्लाहकार = बसन्त राई
सल्लाहकार = राज तोङ्मालुङ्ग