सुनसरीबाट गोमा तामाङलाई झिनो मतले हराउँदै अशोक राई निर्वाचित, प्रदेशमा एमाले
पिटि अनलाईन न्यूज
- १२ मंसिर, २०७९ ०६:४८
- 62 Views

सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन्। २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए।
२०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव हारेका राई २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित भएका थिए। यसपटक एमालेसँगको तालमेलका कारण चुनाव जित्न सफल भएका हुन्।
निर्वाचित भएपछि राइले समग्र सुनसरी – १ को विकासका निम्ति आफूले भूमिका निर्वाह गर्ने बताए। सुनसरी १(ख) मा एमालेका विजय राई निर्वाचित भएका छन्। सुनसरी-१ ( क) मा एमालेकै रमेश बस्नेत निर्वाचित भएका छ्न्।
सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए।