राजदूतावासलाई एनआरएनए साउदीको फोटोकपी मेसिन सहयोग
पिटि अनलाईन न्यूज
- ११ मंसिर, २०७९ ०५:५४
- 109 Views

रियाद, साउदि अरब ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली राजदूतावास रियादलाई उच्चस्तरको फोटोकपी मेसिन हस्तान्तरण गरेको छ।
संघले शुक्रबार रियाद स्थित नेपाली राजदुतावासमा महामहिम राजदुत नवराज सुवेदीलाई हेभी ड्युटी KONICA MINOLTA BIZHUB 226 PRITER फोटोकपी मेसिन हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा कार्यबाहक नियोग उपप्रमुख तथा प्रथम सचीव रिषिराज आचार्य, लेखापाल नरेन्द्र कामी , पुर्बी क्षेत्रमा कार्यरत जन सम्पर्क अधिकारी नारायण पासवान तथा एन आर एन ए साउदीका अध्यक्ष श्डमर यादव, आइ सि सि मध्यपुर्ब संयोजक श्री राजेन्द्र अर्याल, निबर्तमान अध्यक्ष तथा आइ सि सि सदस्य तेज थापा,संरक्षक बिमल गौतम ,उपाध्यक्षहरु क्रमश: श्रीमती रबिना अर्याल, राम बहादुर छेत्री, भक्तविर राई, महासचिव उमेश भट्टराई तथा कोषाध्यक्ष श मनिष कोइराला, प्रबक्ता शुक्र मुक्तान, सदस्यहरु दुर्गा काउचा, गणेश अर्याल र दधिराम पौडेल लगायत ब्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।
नेपाली सेवाग्राहीहरुको सुबिधालाई मध्य नजर गर्दै बिध्यमान समयमा राहदानी नविकरण तथा अन्य प्रयोजनका लागि नेपाली राजदुतावास रियाद पुग्ने आप्रवासी नेपाली सेवाग्राहीहरु फोटोकपी गर्न सहज होस् भनेर उक्त मेसिन उपलब्ध गराएको संघका अध्यक्ष डमर यादवले जानकारी दिए।
उक्तदिन नेपाली राजदुतावास रियादमा एनआरएन साउदीको पाचौं पुर्ण बैठक बसि विभिन्न बिषयमा छलफल गरि महामहिम राजदूत सुवेदी र कार्यबाहक नियोग उपप्रमुख आचार्यको विशेष समुपस्थितीमा अहिले देखिएको पासपोर्ट नविकरणमा एन आर एन ए को भुमिका र सहजताका लागि गर्नुपर्ने सहकार्य र योगदानको बारेमा लगायत संस्थागत सहयोगमा भएका खर्च र आगामी दिनमा गर्नुपर्ने भुमिकाको बारेमा छलफल तथा निर्णय भएको अध्यक्ष यादवले बताए ।
करिब ४ लाख नेपाली श्रमिक कार्यरत साउदीमा समस्यामा परेका श्रमिकहरुको राहत तथा उद्वारमा संघले उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको छ।