स्मृति कप २०७९ खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता समुदघाटन
पिटि अनलाईन न्यूज
- ११ मंसिर, २०७९ ०४:२७
- 61 Views

पश्चिम नवलपरासी।
जिल्लाको किर्तिपुर युवा क्लब द्वारा आयोजित’ स्मृति कप २०७९ ‘खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता समुदघाटन सप्पन्न भएको छ।
क्लबका अध्यक्ष देउ बहादुर मल्लको अधयक्षतामा सुनवल नगर प्रमुख बिमला अर्याल को प्रमुख आतिथ्यतामा ,नगर उपप्रमुखको बिशिस्थ आतिथ्यतामा र वडा नम्बर ३ का अध्यक्ष पबिन गुरुङ , वडा नम्बर ५ क वडा अध्यक्ष नेत्र तिवारी लगायत वडा प्रतिनिधि एवं बिभिन्न संघ संस्था का प्रतिनिधि हरुको उपस्थितिमा शनिबार सुनवल -३ किर्तिपुर- २ को खेल मैदानमा समुदघाटन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमामा स्वागत मन्तब्य निबर्तमान अध्यक्ष श्याम बहादुर गुरुङ ,वडा नम्बर ३ का अध्यक्ष्य पबिन गुरुङ ,खेलकुद संघका जिल्ला अध्यक्ष रमेश कर्माचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
!प्रमुख अतिथि अर्यालले खेलकुद स्वास्थ्य को लागि लाभदायक हुने हुनाले खेलाकुदले हाम्रो जीवनमा स्वस्थ रहनको निमित्त प्रमुख भूमिका खेल्ने बताउदै खेलबाट नै युवाहरु बिस्वमा चिनिने भयको हुनाले देश अगाढी बढाउन को लागी युवा हरुको लागि प्रमुख भूमिका हुने बताए। खेलकुद को लागि आवस्यक परेमा नगर पालिका सधै सहयोग लागि तत्पर रहेको जानकारी दिए ।
प्रतियोगितामा १७ टिम बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।