पाँचथरबाट एमालेका वसन्त नेम्बाङ: ४७ मतान्तरले विजयी
रामचन्द्र तिम्सिना
- ९ मंसिर, २०७९ ०९:५०
- 51 Views

पाँचथर/
जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् ।गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे।
नेम्वाङले ३२ हजार एक सय १०।मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया