प्रशिक्षार्थीहरुलाई आबस्यक औजार सामाग्री एवं प्रमाण पत्र वितरण
पिटि अनलाईन न्यूज
- ८ मंसिर, २०७९ ११:१८
- 100 Views

बुटवल ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा संचालित युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिल र युएनडिपी स्किल प्रोजेक्टको ब्यवस्थापनमा जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रालिको साझेदारीमा गत भदौमा सम्पन्न तालिमको प्राबिधिक परिक्षा पछी सीप बिकासको लागि आबस्यक औजार सामाग्री एवं प्रमाण पत्र वितरण गरेको छ।
बुधबार रुपन्देहीको देवदह नगरपालिका-५ पानबारी स्थित देवदह ब्यापार संघको हलमा एक कार्यक्रम गरि प्रशिक्षार्थीहरुलाई आबस्यक औजार सामाग्री एवं प्रमाण पत्र वितरण गरिएको हो।
जयन कलेज अफ टेक्नोलोजीकार्यकारी निर्देशक नम्रता थापा श्रेष्ठको अधयक्षतामा र देवदह नगर पालिका-५का अध्यक्ष गणेश डुम्रेको प्रमुख आतिथ्यतामा युएनडिपीका प्रदेश संयोजक विजय जीसीको बिशेष आतिथ्यतामा र प्रमुख प्रशिक्षक बिमल ढकाल र सहायक प्रशिक्षक पिताम्बर खरेल,समाजसेवी कृष्ण हरि सापकोटाको लगायत ब्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युएनडिपीका प्रदेश संयोजक जीसीले तालिम लियर पाएको ज्ञान र सिपलाई सदुप्रयोग गरेर व्यावसाय गरी समाजमा आफुलाई चिनाउन र आत्मा निर्भर हुन
प्रशिक्षार्थीहरुलाई आग्रह साथ ब्यापार व्यवसायको लागि युएनडिपीबाट तालिम एवं सल्लाह ,सुझाव दिने जानकारी दिए।
कार्यक्रममा प्रमुख अथिती डुम्रेले तालिमबाट प्राप्त ज्ञानलाई ब्यबसायको रुपमा अगाडी बढाउन आग्रह साथ स्थानीय सरकारबाट कृषिको लागि बजेट रहेको हुनाले कृषि एवं पशु पालकहरु लाइ आबस्यक रकम बिनियोजन गर्ने सकिने बताए ।
कार्यक्रमका अध्यक्ष श्रेष्ठले तालीमबाट सिकेको सिपलाई
प्रशिक्षार्थीहरुले सदुपयोग गरि सफलता प्राप्त गर्ने बिश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशिक्षक ढकालले स्वागत राखेका थिए भने कार्यक्रम संचालन विजय थापाले गरेका थिए ।