अर्जेन्टिनासंगको जितको खुशीयालीमा भोलि साउदीमा सार्वजनिक बिदा
पिटि अनलाईन न्यूज
- ६ मंसिर, २०७९ २३:१९
- 341 Views

रियाद,साउदी अरब।
साउदी अरेबियाले फिफा वल्ड कपमा आज भएको खेल जितेको खुशीयाली भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साउदी सरकारले हाल कतारमा चलिरहेको फिफा विश्व कप फूटबल प्रतियोगिता-२०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको रोमाञ्चक खेलमा साउदी अरेबियाको राष्ट्रिय फूटबल टिमले अर्जेन्टिनाको राष्ट्रिय फूटबल टिम माथि उत्कृष्ट जित हासिल गरेको खुसियालीको अवसरमा साउदी सरकारले भोलि बुधबार २३ नोभेम्बर २०२२ का दिन साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
खेलमा साउदीले कपको दावेदारी मानिएको अर्जेन्टिनालाई १ को विरुद्ध २ गोलले पराजित गरिएको थियोे ।
नेपाली राजदूतावासले एक सुचना जारी गरि भोलि बुधबार २३ नोभेम्बर २०२२ का दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ। दूतावासले यो अपूर्व खुसियालीको क्षण साउदी सरकार र नगरिकहरूसँग बाँड्न चाहेका बताएका छन् ।
करिब ४ लाख नेपाली कार्यरत साउदीमा उक्त जितलाई आफ्नै जित जस्तै तुलना गरेर सामाजिक संजालमा नेपाल श्रमिकहरुले खुसी ब्यक्त गरेका छन् ।