बा !
- २८ आश्विन, २०७९ १३:३९
- 111 Views
पहिला पहिला उनिहरू कम्युनिस्ट थिए
त्यस पछि उनिहरूले बा जन्माए
बा का मुर्ति बनाए
बा का भजन गाउन सुरू गरे
आजकाल उनिहरूका नीति र सिद्धान्त
बा बाटै सुरू र
बा बाटै समाप्ति हुन्छ।
त्यसैले आजकाल
त्यहाँ कमरेडहरू छैनन
केवल बा मात्र छन
दाजु छन दिज्यु छन
कम्युनिस्टले बनाएका
बा काे मन्दिर छ
जहाँ वाइयात अनि काम नलाग्ने
नीति र सिद्धान्तकाे कुरा हैन
भक्ति गान गाएर
नव आगन्तुकहरूलाई
बा काे आदर गर्न सिकाइन्छ।
भन्नुस त पत्रकार महाेदय
यति खेर तपाईं मसँग
कस्काे ठेगाना साेध्दै हुनुहुन्छ?
कम्युनिस्ट कि
कम्युनिस्टका बाकाे ?
रुपा थापा
नुवाकोट
तपाईको प्रतिक्रिया