भिसा आयो………………
- १५ आश्विन, २०७९ ०९:३५
- 282 Views
नुवाकोट ।
भिसा आयो
*******************
यता गाउँमा दशैं आयो
उता म्यानपावरमा उस्को भिसा आयो !
आफ्नै हातले छरेको जमरा टुसाउँदै गर्दा
आँसु पुछ्दै विमानस्थलको प्रस्थान गेटमा उभिएको थियो उ
हुन त पहिले पनि नगएको होईन उ
तर यसपटक किनकिन खल्लो लागिरहेको थियो उस्लाई !
अढाई वर्षको सानो छोरोलाई पापा ल्याईदिन्छु
भनेर निस्किएको उ
जवानीले भर्भराउँदी श्रीमतीलाई
अर्को दशैं संगै मनाउलाई प्यारी भनेको सुनाउँछन
गहभरी आँसु थियो उस्को अनि मनभरी पिडा
कतार एयरवेजको टिकट पासपोर्ट भित्र च्याप्दै
ट्रली घिसार्दै अघि बढ्यो उ
मेरो कलमले कविता कोर्न छोडेर टोलाईरह्यो त्यहीँ !
सोच्न थाले कस्तो भाग्य हाम्रो
आवागमन गेटमा भन्दा
प्रस्थान गेटमा भिड छ हाम्रो !
खाडीको पैसाले खाएर
मलेसियाको पैसाले लाएर कति दिन चल्छ ?
बिदेश निर्यात गर्नैका लागि
छोराछोरी जन्माउनु र हुर्काउनु आमाहरुको बाध्यता
यो अवस्थाको अन्त्य हुँदैन र ?
मंसिर ४ पछी बिदेशिनेको संख्या अझै बढ्नेछ
सोच्दैछु
जवानी खाडीमा सकाएर देश कसरी चल्नेछ ?
देश कसरी बन्नेछ ?
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ -५ सामरी, नुवाकोट