अमेरिका छोडेका हेलिकप्टर तालिवानले उडाउदा खोज्दा दुर्घटना ,तीनको मृत्यु
- २६ भाद्र, २०७९ १०:११
- 110 Views

एजेन्सी।
अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको तालिवान समूहको रक्षा मन्त्रालयले जनाएको छ ।
‘ प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेसनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ , ‘ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने , ‘ दुर्घटनामा पाँच जना घाइते भएका छन् । ‘ तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो ।
अमेरिका छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पुऱ्याएका थिए र अफगान सेनाले मध्य एसियाली राष्ट्रहरूमा केही हेलिकप्टरहरू उडाएको थियो ।
तपाईको प्रतिक्रिया