८ पन्छीहरुको यात्रा काठमाडौं देखी चितवन सौराहा सम्म
पिटि अनलाइन न्यूज
- २० भाद्र, २०७९ १२:४२
- 585 Views

सन्जिब तामाङ,काठमाडौं
कृस्टल कन्सटेन्सी को ८ विद्यार्थी हरु २ दिन अबलोकन को लागि चितवन को यात्रा मा लागे। मिति २०७९/५/१७ गते बिहानको ठिक १० बजे काठमाडौं को सोरखुट्टे बाट यात्रा सुरु गरेका थिए। यात्रा मा ८ पन्छी भनियता पनि २ शिक्षाका र १ बाहिर साथी गरेर ११ जानको थियो। सान्तोसी सेट्टी,दिपिक थापा,ओमिका गुरुङ, बिपना पुन मगर, सुनिता मगर ,निशा गुरुङ, बिन्दु गुरुङ र सन्जिव तामाङ लगायत शिक्षाका तर्फ नमराज अधिकारी र मिथुन भट्ट थिए।
यात्रा लाई अगाडि बड्दै जादा पृथ्वी राजमार्ग लाइ पछ्याउँदै थियो। सबैजना यात्रा लाई रमाइलो मान्दै गाडी को झ्यालबाट रमाइलो दृश्यको अबलोकन गर्दै यात्रा अगाडि बड्दै थियोे ।
बाटो लामो भएको कारण हामी करिब २ बजे धादिङ मलेखु बजारमा पुगियो सबैजना लाई बोक पनि लागी सकेको थियो र लामिले( न्यु मलेखु खाजा घर) मा गएर नास्ता पनि गरे र यात्रा लाई फेरि गन्तव्य तर्फ नै लागे।
पृथ्वी राजमार्ग भएको कारण हामी करिब ३० मिनेट जति जाम मा परे जाममा परेता पनि हामी करिब ३ बजे तिर चितवन नारायणगाट मा पुगे पुलचोक मा पुगेपछी हामी यात्रा कहे ढिला नगरी कन यात्रा लाई सौराहा तर्फ लागे। हामी केही समयमा सौराहा पुगे चितवन राष्ट्रिय निकुञ्ज मा रहेको विभिन्न जीवजन्तू को दृश्य अबलोकन मा लागे।
चितवन मा रहेको राम हात्ती तेसैगरी पुस्पा अञ्जली गैड मृग हरिन चित्तल एक सिङ्गो गैड जस्ता बन्यजन्तु को अबलोकन गरे। हामी अलि डिल पुगेको कारण निकुञ्ज को अबलोकन गर्दागर्दै साझ परेको थियो हामी तेसपछी भरतपुर पुरानो मेडिकल कलेज नजिकै को थकाली भान्सा घर होटल मा बसे तेसदिन हामी तेसै होटेलको थकाली खान खादै अबलोकन लाई स्थगित गरे र आअफ्नो कोठाम सुत्न गए।
यात्रा को दोस्रो दिन बिहानै बाट भरतपुर मा रहेको विभिन्न धार्मिक स्थाल पर्यटकिय स्थाल भ्रमण गर्दै ४ घन्टा जति को समय हामीले जुन लक्ष्य लिएर गरेको थियो तेस्म खर्च गरे र हामी करिब ३ बजे चितवन बाट काठमाडौं तर्फ यात्रा लाई अगाडि बढायो। बाटो मा रमाइलो गर्दै गर्दौ समय गएको पत्तै भएन र ९ बजे काठमाडौं आइपुगे २ दिने अबलोकन भ्रमण लाई स्थगित गर्दै सबैजना आफ्नो आफ्नो छाप्रो तर्फ लागे