नरम कोमल घ्यु जस्तै भएपनी आगमा नपरेको तिमी ।
- २२ श्रावण, २०७९ ११:४०
- 231 Views

गजल
नरम कोमल घ्यु जस्तै भएपनी आगमा नपरेको तिमी ।
मेरै हो भनेर हक जताउदानी भागमा नपरेको तिमी ।
सबैको मनमा बसेर पनि रङ्गलिला देखायो हैन त
आखिरी मनमा भएर पनि दिमागमा नपरेको तिमी ।
छनी चोट हरु थुप्रै तिम्रो चुम्बनका अङ्ग अङ्ग हरुमा
देखाउछु भनेर देखाउन नमिल्ने दागमा नपरेको तिमी ।
मनमा त छ नि तिम्रा याद हरु लुटु पुटु गर्दै छ्न ।
मेरो दुर्भाग्यवश नभएको भनेकै काखमा नपरेको तिमी ।
सधै तिम्रो यादमा जलेको छनी यो अबोध मुटु मेरो ।
जलेर देखाउन नमिल्ने खरानिको रागमा नपरेको तिमी
सबिना तामाङ
खनियाबास ४ धादिङ
तपाईको प्रतिक्रिया