नलगाड नगरपालिकाले: एकल महिलालाई जस्तै एकल पुरुषलाई पनि भत्ता दिने
- १० असार, २०७९ ०६:३८
- 153 Views
जाजरकोट/
जिल्लाको नलगाड नगरपालिकाले ६० वर्ष माथिका विधुर पुरुषलाइ पनि भत्ता दिने निर्णय गरेको छ। कार्यपालिकाको बैठकबाट यो निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।
आगामी आर्थिक वर्षदेखि त्यो लागू हुने छ। अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन्। एकल पुरुषका समस्या बुझेर विधुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए।
तपाईको प्रतिक्रिया