लघुकथा : अत्याचार
- ७ असार, २०७९ ११:३६
- 291 Views
“बा ,आमा यता हेर्नुहोस् त , मैले के लिएर आएँ ? हुर्रे” भन्दै शोभा कराउँदै घरभित्र पसी । दशौँ कक्षामा जिल्ला भरिकै प्रथम स्थानमा ओगटेको प्रमाणपत्र उसको हातमा देखेर नन्दलाल र उनकी पत्नी राधाका हर्षका आँसु आए ।
छोरीलाई अझै धेरै पढाउनको लागि शहरको कलेजमा भर्ना गर्नु थियो ।मन थियो तर धन थिएन ।ऊ साहुकोमा ऋण माग्न गयो ।
साहुको छोरो श्याम र शोभा एउटै कक्षामा पढथे ।छोरो श्यामले शोभालाई जित्न सकेन ।छोरालाई थुइक्क भन्दै सिस्नो पानीले पिटदै थियो ।अचानक नन्दलाललाई देखेर `बधाई छ ,तेरी छोरी प्रथम भइछे !भन ,के भन्न आइस ?´´ भन्यो ।
उसले ५० हजार ऋण माग्यो ।हात पारेर ऊ खुसी हुँदे घर फर्कियो ।घरमा रूवाबासी थियो ।
छोरी झुण्डिएको अवस्थामा फेला परी । केरकार गर्दा श्याम र उसका साथीहरूको अत्याचार थाहा पायो ।ऊ चुप लागेर बसेन ।वडा ,जिल्ला ,केन्द्रमा हुँदै राष्ट्रपतिसमक्ष निवेदन पेस गर्यो तर केही फाइदा भएन।उल्टै साहुले बचाउको लागि उजुरी हाल्यो ।उसले वयानमा लेखेको थियो,”मेरो ऋण तिर्न नसकेर छोरीलाई काम गर्न मकहाँ राखेको थियो ।तर छोरीले काम गर्न नसकेर आत्महत्या गरी ।”
आस्था निरौला
काठमाण्डौँ