काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। उनले कर्माछिरिङ शेर्मालाई ६ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
साधारणसभाबाट नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत ल्याएका थिए। निर्वाचन मण्डलका अनुसार ८४ मत खसेको थियो। अध्यक्षका अर्का प्रतिस्पर्धी राजीव पौडेलले एक मत पनि ल्याएनन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। उनले शिक्षित पराजुलीलाई पराजित गरेका हुन्। खड्काले ४४ मत ल्याउँदा पराजुलीले ४० मत प्राप्त गरे।