काठमाडौं ।
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको श्रममन्त्री किसान श्रेष्ठले जानकारी दिए।
नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। उहाँलाई पदबाट हटाउन माग हुँदै आएको थियो,’ मन्त्री श्रेष्ठले भने
पर्यटनमन्त्री प्रेम आले र अधिकारीबीचको अडियो वार्तालाप हालै मिडियामा सार्वजनिक गरेको थियो। अडियोमा मन्त्री आलेले अश्लील शब्दले अधिकारीलाई गालीलौज गरेका थिए। स्रोतका अनुसार मन्त्री आले र अधिकारीविरुद्ध टसल हुँदै आएको थियो। सरकारले अधिकारीका विषयमा छानबिन समिति गठन गरेको थियो।