काठमाडौ /
विभिन्न प्राकृतिक विपदबाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन्
सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ ।
गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको यकीन विवरण आइसकेको छैन ।