रियाद ,साउदी अरब।
मुस्लिम धर्मालम्बी हरुको महान पर्व ईद अत अधाको पावन अवसरमा साउदी अरबको राजधानी शहर रियादमा नेपाली श्रमिक बीच दोस्रो रियाद कप – २०२२ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
रियाद फुटबल क्लब साउदीको आयोजनामा नेपाली खेलप्रेमी फुटबल खेलाडीहरुको विचमा भातृत्व कायम होस भनेर प्रतीयोगिता आयोजना हुन लागिएको हो।
साउदीमा पछिल्लो पटक नेपाली श्रमिकहरु खेल तथा कल्चरल कार्यक्रममा आकर्षित हुँदै गईरहेको अबस्थामा रियादको रबिया फूटबल ग्राउन्ड आगामी जुलाई ९ र १० मा ( समय बेलुकी ४:०० बजे देखि बिहान ६:०० बजे) प्रतीयोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद ४ हजार रियाल र ट्र्फी,मेडल र प्रमाणपत्र ,द्वितीय पुरस्कार नगद २ हजार ५ सय रियाल ,ट्र्फी,मेडल र प्रमाणपत्र तथा हरेक खेलको म्यान अफ द म्याच सहित सम्पुर्ण बिधागत पुरस्कार को पनि ब्यबस्था गरिएको आयोजक भोज गुरुङले जानकारी दिए।
आयोजक गुरुङको अनुसार प्रतियोगिताको टिम दर्ताको लागि ६ सय रियाल लाग्ने र खेल आयोजकले तय गरेको नियम अनुसार संचालन हुने बताएको छ।
उक्त प्रतियोगितामा सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन साउदीमा कार्यरत नेपालीलाई आयोजकले अनुरोध गरेका छन् ।
खेल तथा अन्य जानकारीको लागि सम्पर्क:
भोज गुरुङ – 0557399952
दोर्जे लामा- 0550252311
सुरज राई – 0550632217
भेस गुरुङ – 0502881732