साउदी अरेबियामा म.म. अरबिक माझ लोकप्रीय बन्दै
- ४ असार, २०७९ २१:४१
- 3412 Views

रियाद।
साउदि अरेबियामा पछिल्लो समय नेपाली परिकार म.म. लोकप्रिय बन्दै गैरहेको छ। करिब ४ लाख नेपाली श्रमका लागि साउदी अरेबियामा कार्यरत रहेको बताइन्छ । म.म. नेपालीको लागि लोकप्रीय भए पनि पछिल्लो समय साउदी अरेबियाका स्थानीय बसिन्दा अरिबीकहरुको लागि पनि नेपाली परिकार मम पहिलो रोजाइमा परेको हो। साउदीका प्रायः सबै सहरहरुमा नेपाली होटल संचालनमा रहेका छ्न।
म.म. खानको लागि पनि मिठो, तेलको कम प्रयोग , बाफ बाट पाक्ने ,समय कम लाग्ने , स्वस्थको लागि पनि अनुकुल रहेको कारण म.म. अरबीक माझ लोकप्रिय बन्दै गै रहेको साउदीमा होटल संचालन गर्दै आइरहेका ब्यबसायीहरु बताउछ्न ।
पिटि अनलाइन न्युज संग कुरा गर्दै होटल गोर्खाका संचालक यादब घिमिरे भन्नु हुन्छ ” म.म. खानै भनेर इन्डियन, बङलादेश,पाकिस्तान,फिलिपिन्सका ग्राहक त आउनु नै हुन्छ, तर यहाका वासिन्दा अरबिक (साउदी)हरु धेरै आउनु हुन्छ। होटल गोर्खामा उहाँहरुको पहिलो रोजाइ मम र चाउमिन नै रहेको छ। यसका होटल गोर्खाले साउदीका विभिन्न शहरहरुमा आफ्नो सेवा दिदै आइरहेको छ।”
ब्याबसायी घिमिरे थप्नु हुन्छ” अहिले होटल गोर्खामा म.म.का विभिन्न परिकार पाइन्छ: स्टिम म.म., फ्राइ म.म. , झोल म.म. , साधेको म.म. लगायत ग्राहकका माग अनुसार यहाँ नेपाली सबै परिकार उपलब्ध छ्न।