अलकासिम,साउदी अरेबिया।
आउदै गरेको महान पर्व “इद अल अधा २०२२” को अबसर पारेर गन्तब्य स्पोर्टिङ क्लबले साउदीको अलकासिममा खुला आमन्त्रित भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आउदो शुक्रबार ८ जुलाइ देखि जुलाइ ९ शनिबार सम्म अलकासिममा आयोजना हुने प्रतियोगिताको लागि आयोजकले टिम दर्ता को लागि आव्हान गरेको छ। टिम दर्ता ५ जुलाइ शुक्रबार सम्म गर्न सकिने र दर्ताको लागि ५०० रियाल शुल्क तोकिएको आयोजकले जनाएको छ।
टिम दर्ता गर्न गन्तब्य स्पोर्टिङ क्लबका प्रतिनिधि तथा होटल गोर्खामा सम्पर्क गर्न सकिने होटल गोर्खाका संचालक यादव घिमिरेले पिटि अनलाइन न्युजलाई बताउनु भयो। प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ३ हजार रियाल सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाइ नगद १५०० रियाल सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन।
तेस्तै तृतीय हुने टिमलाई नगद ५०० रियाल सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने गन्तब्य स्पोर्टिङ क्लबका संयोजक सुरेन्द्र तुम्बाहाङ्फेले पिटि अनलाइन न्युजलाई बताउनु भयो। तुम्बाहाङ्फेले जानकारी दिए अनुसार “साउदीको जुन कुनै शहरमा भएका टिमले पनि प्रतियोगितामा भाग लिन सक्ने बताउनु भयो, जेद्द्दा ,दमाम, रियादका टिम संग सम्पर्कमा छौ ,आशा छ सबैले प्रतियोगितामा भाग लिनु हुने छ”।