काठमाडौं।
काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरुबीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ ।
बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।
