नवलपुर,सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका नव निर्बाचित अध्यक्ष झम्क नेपालले सोमबार आफ्नो पदभार ग्रहण गरेका छन् ।
तेस्तै उपाध्यक्ष सोभना तामाङले पनि आफ्नो पदभार ग्रहण गरेकी छिन् भर्खरै सकिएको स्थानीय निर्वाचन झम्क नेपाल नेकपा एमाले बाट अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
पदभार ग्रहण कार्यक्रममा इन्द्रावती गाउँपालिकाका १२ वडामा निर्बाचित जन प्रतिनिधिहरु र निबर्तमान अध्यक्ष वंशलाल तामाङ , लगायत बुद्धिजीवी ,पत्रकाकारको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष झम्क नेपालले निबर्तमान अध्यक्ष वंशलाल तामाङलाई संमान गर्नु भएको थियो भने तामाङले नेपाललाई इन्द्रावतीमा भएको बिकासको तस्बिर, मायाको चिनो प्रदान गर्नु भएको थियो।