सामरी भञ्ज्याङ् /
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ का नवनिर्वाचित वडा अध्यक्ष जितबहादुर तामाङले आफ्नो पदभार ग्रहण गरेका छन् ।आज सोमबार वडा कार्यालय ओढारेमा आयोजित पुरानोको बिदाई र नयाँको स्वागत समारोहमा आफ्नो पदभार ग्रहण गरेका हुन।

वडा सचिव फुलमाया खजुमले नेमप्लेट ,छाप र लेटरप्याड हस्तान्तरण गरेका थिए भने समर्थक र शुभचिन्तकहरुले ताली बजाएर स्वागत गरेका थिए भने निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई पनि स्वागत गरिएको थियो।
आफ्नो पदभार ग्रहण गरे लगत्तै वडा कार्यालय निर्माणको बिषयले प्रवेश पाएपछि अन्य कुनै निर्णय भने हुनपाएन।

उपस्थित अधिकांश स्थानीयले वडा कार्यालय अन्यत्र सारिनुपर्ने तर्क प्रस्तुत गरेका थिए।

यो समाचार तयार पार्दासम्म कुनै ठोस निर्णयमा नपुगेको नवनिर्वाचित वडा अध्यक्ष जितबहादुर तामाङले पिटि अन्लाईनलाई बताए।