संभवत देशै भरीका कांछो गा.पा प्रमुख उम्मेद्वार इमान तामाङ द्दारा लेखीए यस्तो स्टटस ।
गत महिना बैशाख ३० गते सकिएको स्थानीय चुनावमा आफुलाई सहयोग गर्नु हुने आम नेता कर्याकर्ताहरुलाई धन्यवाद दिने क्रम युवा नेता ईमान तामाङले भने आफ्नो फेसबुक मार्फत यस्तो स्टटस लेखेका छन ।
२०७९ बैशाख ३० गते आफ्नो अमुल्य मत सुर्य चिन्हमा मतदान गर्नु हुने सम्पुर्ण आम-बुवा ,दाजु-भाइ , दिदि-बहिनीमा हृदयदेखि नै बिशेष धन्यवाद आभार व्यक्त गर्न चहन्छु। खनियाबास गाउपालिकाको बिकास, समृद्ध, र परिवर्तनको आन्दोलनमा म कहिल्य पछि हट्ने छैन। जनताको सुख-दुःखमा सधै साथमा रहने छु। मतदातले दिनुभएको मतको ऋणी छु। तपाई मतदाताको मत, बिशवसलाई शिरमा राखी खनियाबसबासीको सेवामा सधै तपाईहरु सगै रहनेछु। इमान तामाङ :(नेकपा एमाले) सुर्य चिन्हको प्रमुख पद्को उम्मेदवार खनियबास गाउपालिका,धादिङ
भनेर निकै मर्महिक स्टटस लेख्नु भएका छन ।
युवा नेता इमान तामाङले खनियाबस गाऊँपालिकामा एमाले बाग़माती प्रदेशका सदस्य मंग तामाङ चुनावको बेला आफ्नो पार्टी नेकपा एमालेलाई छोडेर कांग्रेसबाट स्वतन्त्र बागी उम्मेदार बनेका नेतालाई खुले आम भोट माग्दै हिडेको र पाटी भित्रै अन्तरघात गरेको कारण गठबन्धन संग केही प्रतिस्पर्धी मतले पाराजित भएको र उनले बताए थिए।
,प्रमुख प्रतिस्पर्धी गठबन्धन संग केही मतले हार बेहोर्नु परे पनि जनताको मतको ऋणी भएको छु, र त्यो मतको आफुले सम्मन गर्ने बताउनु भएका छन। आफ़ना नेता कार्यकर्तालाई नआतिन र बिचलित नहुन पनि आग्रह गर्नुभएका छ।