विदुरको मेयर श्रेष्ठ र उप मेयर बोगटी विजयी
- ७ जेष्ठ, २०७९ ०५:५५
- 442 Views
नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ र माओवादी केन्द्रका प्रभा बोगटी विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विदुर नगरपालिका मेयरमा नेपाली कांग्रेस उम्मेदवार राजन श्रेष्ठ १५,८२६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सन्जु पण्डितलाई ३,६७२ मतान्तरले पराजित गरेका हुन् । पराजित सन्जु पण्डितले १२,१५४ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार प्रभा बोगटी १२,८६० मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार अम्बिका नेपालले ११,९९५ मत ल्याएकी छन् ।
एमालेको गढको रुपमा रहेको विदुर नगरपालिकाको किल्ला भत्काउन गठबन्धन दलका साझा उम्मेद्धवारद्वय श्रेष्ठ र वोगटी सफल भएका हुन् ।
विदुर नगरपालिकामा लगातार एमालेले नेतृत्व गरेपछि एमालेको गढ भत्काउन विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका हुन् ।
मेयर र उपमेयर निर्वाचित श्रेष्ठ र बोगटी दुबै युवा नेता रहेको हुदा विदुरको विकासमा सकारात्मक प्रयास हुने स्थानीय आशावादी देखिएको छ।