बिराटनगर।
विराटनगर महानगरपालिकाको मतगणना शनिबार बिहान १० बजेबाट सुरु भएको छ। मतगणनास्थल विराटनगर–७ स्थित आदर्श विद्यालय हो।
एकैपटक ६ ठाउँबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विराटनगर-१, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएको छ। विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको थियो।
तर दलका प्रतिनिधि आइनपुगेको र वर्षा पनि भएकोले मतगणना २ घण्टा ढिलो सुरु भएको हो। विराटनगरमा १९ वटा वडा छन्। सिसी क्यामेरा जडान गरिएको गणनास्थललाई तारजालीले समेत घेरिएको छ।