लमजुङ।
मर्स्याङदी गाउँपालिकामा ७१ दशमलव ८७ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिकामा १ देखि ९ वडासम्ममा उक्त संख्यामा मत खसेको छ ।
मर्स्याङदी गाउँपालिकामा कुल मतदाता १५ हजार १ सय ४० थियो । १० हजार ८ सय ८१ मात्र मत खसेको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । कुनै पनि अप्रिय घटना नभएको बताउनुभयो ।
मतगणना स्थल मस्र्याङदी गाउँपालिकाको भवनमा मतपेटिका ल्याइएको छ । सर्वदलीय बैठक बसेर मतगणनाको विषयमा छलफल हुने छ । स्रोत