काठमाडौं ।
सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।
काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय-सर्वपक्षीय बैठक बैठक हुनेछ । सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने उनले बताए ।