दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी
एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला,कलेजोको विरामी थिए । यस अघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य समेत भएर काम गरेका थिए ।
चुनाव प्रचारप्रसारमा लागि रहेको चौधरी एक्कासी विरामी परेपछि उनलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । तर,त्यहाँ उपचार सम्भब नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।उपचारको क्रममा उनको गएराती निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले जानकारी दिनु भएको छ।