सिने पत्रकार प्रकाश सुवेदी सुपुत्रीको बिहेमा, को कलाकार पुगे को पुगेन
- १२ बैशाख, २०७९ २३:१५
- 362 Views

धुलिखेल।
बैवाहिक समारोहमा को–को सेलिब्रिटी गएभन्दा पनि को को गएनन् भन्नु सान्दर्भिक हुन्छ ।सुपरस्टार अनमोल केसी र सुहाना थापा परिवारसहित एकसाथ विवाहमा आएका थिए । भुवन केसी, झरना थापा, सुनील थापासहित अनमोल र सुहाना दुईवटा गाडीमा आएका थिए ।
करिब ४५ मिनेट विवाहमा बिताएका अनमोल र सुहाना पानीपुरी खाएर एउटै गाडीमा फर्किए । भुवन, झरना र सुनील अलिबेर बसेर अर्को गाडीमा फर्किए ।अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापा एक सञ्चारकर्मीसँग विवाहस्थल पुगेकी थिइन् । यस्तै अभिनत्री करिश्मा मानन्धर श्रीमान विनोद मानन्धरसहित प्रकाशको निम्तो मान्न पुगिन् । नायिका आँचल शर्मा पनि श्रीमान उदीप श्रेष्ठसँग आएकी थिइन् । अभिनेत्री सञ्चिता लुइँटेल विवाहमा आए पनि उनका पति नायक निखिल उप्रेती भने देखिएनन् । वर्षा राउत श्रीमान सञ्जोग कोइरालासँग आएकी थिइन् ।
विवाहमा पुगेका नायिकाहरुमध्ये आँचल शर्मा, नीता ढुंगाना र सञ्चिता लुइँटेलको पहिरनले चर्चा पाएको थियो । रेखा थापा र वर्षा राउत भने सामान्य पहिरनमा देखिए । सुहानाले हरियो लहेंगा लगाएकी थिइन् ।
विवाहमा पुगेका चलचित्र क्षेत्रका अन्य चर्चित अनुहारहरुमा नीर शाह, तुलसी घिमिरे, रवीन्द्र खड्का, दिलीप रायमाझी, नीता ढुंगाना, छविराज ओझा, रामकृष्ण ढकाल, विल्सनविक्रम राई, जितु नेपाल, नम्रता सापकोटा आदि थिए