दम्माम, साउदी अरव।
साउदी अरबको दमाम र रियाद देखि नियमित उडान गर्दै आइरहेको हिमालयन एयरलाइन्सले सूचना बिना अचानक उडान रद्द गरेको कारण सयौं नेपाली श्रमिकहरु विमानस्थलमा अलपत्र परिरहेको प्रति नेपाली एक प्रेस विज्ञप्ति जारी गरि जनप्रगतिशील मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेत्र बिक्रम चन्द्र बिप्लवको नेकपाका प्रवास संगठन जनप्रगतिशील मोर्चा साउदीका केन्द्रिय अध्यक्ष मिलनद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेपाल सरकार पर्यटन तथा उडान मन्त्रालयलाई जानकारी संगै सम्पुर्ण यात्रुहरुलाई तत्काल अन्य फ्लाइटको व्यवस्था मिलाएर नेपाल लैजान र नेपाल बाट साउदी ल्याउन हार्दिक अनुरोध गरेका छ।
हिमालयन एयरलाइन्सले काठमाडौ र साउदीको रियाद, दमाममा अलपत्र यात्रुहरूसंग तत्काल माफी माग्दै पि.सि.आर गर्ने व्यवस्था मिलाएर यात्रीहरुलाई उडान नहुन्जेलसम्मका लागि होटेलमा बस्ने व्यवस्थापन तथा तत्काल रद्द उडानहरु सुचारू गरि जिम्मेवारी वहन गरिदिन मोर्चाले अनुरोध गरेको छ।
उक्त एयरलाइन्सको गैर जिम्मेवार पुर्ण कार्यको ध्यानाकर्षण भएको भन्दै गैर आवासीय नेपाली संघ ,एनसीसी साउदी र नेपाली साझा मंच साउदीले प्रेस नोट जारी गरिसकेको छ।